ताजा समाचार

लक्ष्मी उन्नति कोष र लक्ष्मी भ्यालु फन्ड- २ ले गरे लाभांश घोषणा

मंगलबार, १५ साउन २०८१, १२ : ५१

काठमाडौँ - लक्ष्मी म्युचुअल फन्ड अन्तर्गत सञ्चालित लक्ष्मी उन्नति कोष र लक्ष्मी भ्यालु फन्ड- २ ले लाभांश घोषणा गरेका छन् । 

कोष प्रवर्द्धक लक्ष्मी सनराइज बैङ्क र योजना व्यवस्थापक लक्ष्मी सनराइज क्यापिटल रहेका यी दुवै कम्पनीहरूले गत आर्थिक वर्षको मुनाफाबाट इकाईधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेका हुन् ।

लक्ष्मी उन्नति कोषले कर सहित ७.५० प्रतिशत लाभांश घोषणा गरेको छ भने लक्ष्मी भ्यालु फन्ड- २ ले कर सहित ४.५० प्रतिशत लाभांश घोषणा गरेको छ । सोमबार बसेको सञ्चालक समितिको १४४ औँ बैठकले यी २ वटा योजनाका इकाईधनीहरुलाई नगद लाभांश घोषणा गरेका हुन ।

 

 

 

मंगलबार, १५ साउन २०८१, १२ : ५१

प्रतिक्रिया