काठमाडौं - साताको तेस्रो कारोबार दिन सेयर बजार ३५.५५ अंकले बढेर २६९६.६५ को विन्दुमा कायम भएको छ ।
आज नेप्सेमा कारोबार भएको आज ३२९ कम्पनीको ४ करोड ३ लाख ७१ हजार ७७८ कित्ता शेयर किनबेच हुँदा १७ अर्ब २६ करोड ६३ लाख ९१ हजार रुपैयाँको कारोबार भएको छ । आज बजारमा बढोत्तरी आउँदा नौ उपसूचक हरियाली भएको छ । उक्त दिन सबैभन्दा बढी हिमालयन रिइन्स्योरेन्सको सेयर सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको ६० करोड १० लाख ८ हजार रुपैया बराबरको कारोबार भएको छ । कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको शिभम् सिमेन्टको ३७ करोड ६७ लाख ४ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।
त्यस्तै उक्त दिन सोल्टी होटलको ३६ करोड ४३ लाख १ हजार रुपैयाँ, नेपाल फाइनान्सको ३५ करोड ३८ लाख ८३ हजार रुपैयाँ र सिइडिबी हाइड्रोपावरको २७ करोड ७६ लाख २३ हजार रुपैयाँको कारोबार भएको हो ।


सकरात्मक सर्किट लागेका कम्पनीहरु
आज प्रोगेसिभ फाइनान्स, बरुण हाइड्रोपावर, सान्जेन जलविद्युत कम्पनी,नेपाल वेयरहाउजिङ कम्पनी, सिइडिबी हाइड्रोपावर, नेपाल फाइनान्स, मध्यभोटेकोशी जलविद्युत कम्पनीको सेयरमा सकरात्मक सर्किट लाएको छ ।

प्रतिक्रिया