काठमाडौं- काठमाडौं साताको चौथो कारोबार दिन सेयर बजारमा दोहोरो अंकले वृद्धि भएको छ । बुधबार बजार ६४.२५ अंकले बढेर २७६०.९० को विन्दुमा कायम भएको छ ।

आज नेप्सेमा कारोबार भएको आज ३३२ कम्पनीको ५ करोड ९ लाख ६७ हजार ९५१ कित्ता शेयर किनबेच हुँदा २१ अर्ब ९१ करोड १५ लाख ३ हजार रुपैयाँको कारोबार भएको छ । आज बजारमा बढोत्तरी आउँदा सबै उपसूचक हरियाली भएको छ ।
उक्त दिन सबैभन्दा बढी हिमालयन रिइन्स्योरेन्सको सेयर सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको ८४ करोड ४९ लाख ९४ हजार रुपैया बराबरको कारोबार भएको छ । कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको माउन्टेन इनर्जीको ४१ करोड ९ लाख ३६ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ । त्यस्तै उक्त दिन शिभम् सिमेन्टको ४० करोड २६ लाख ३८ हजार रुपैयाँ, नेपाल फाइनान्सको ३८ करोड ९४ लाख ५८ हजार रुपैयाँ र अपी पावर कम्पनीको ३७ करोड ८२ लाख ३० हजार रुपैयाँको कारोबार भएको हो ।

सेयर मुल्य बढेका कम्पनीहरु
आज दिन यूनाइटेड अजोड इन्स्योरेन्स, गुर्खाज फाइनान्स, श्रीइन्भेष्टमेन्ट फाइनान्स, रिलायन्स फाइनान्स, दिब्यश्वरी हाइड्रोपावर,मकर जितुमा सुरी हाइड्रोपावर, नेपाल रिपब्लिक मिडिया, कुथेली बुखरी हाइड्रोपावर, नेपाल वेयरहाउजिङ कम्पनी सहित १२ वटा कम्पनीको सेयरमा सकरात्मक सर्किट लाएको छ ।
प्रतिक्रिया