ताजा समाचार

साताको अन्तिम कारोबार आज,कारोबारमा नयाँ रेकर्ड कायमहुँदा नेप्से सूचकमा कति संम्भव ?

विहीबार, १७ साउन २०८१, ०७ : ५३

काठमाडाैं-  साताको अन्तिम कारोबार  दिन विहीबार आज कारोबार हुँदै छ । अघिल्लो दिन नेप्से सूचक ६४.२६ अंकले बढेर २ हजार ७६०.९१ विन्दुमा आइपुगेको छ ।  कारोबार रकमले नयाँ रेकर्ड कायम गरेको छ । यसअघि ३१ साउन २०७८ को  रेकर्डलाई ब्रेक गर्दै  नयाँ रेकर्डए बनाएको छ । कारोबारले नेप्से सूचकलाई भरपूर साथ दिएको बजारमा नेप्से सूचकले पनि नयाँ रेकर्ड कायम  गर्ने अपेक्षा गरेको छ ।कारोबार रकमको नयाँ  रेकर्ड कायमपछि नेप्सेमा नयाँ बूल कायम भएको छ । यसले आगामी बजार कता लैजान्छ भन्ने आम चासोको विषय पनि बनेको छ ।

सुस्त रहेको शेयर बजारमा एकाएक उछाल आएपछि शेयर लगानीकर्ता उत्साहित भएका छन् । बढ्ने केही शुभ संकेत र आर्थिक गतिविधिमा खासै प्रगति नभएको अबस्थामा शेयर बजारमा आएको गतिलाई कतिपयले हावा भरिएको बेलुनको रुपमा पनि तुलना गरेका छन् । तर, गत १५ असारमा आएकाे सत्ता राजनीतिक उथलपूथलले शेयर बजारमा पनि उथल पुथल ल्याइदिएको छ । पूँजीवाद धारलाई खासै विश्वास नगर्ने माओवादीको सरकारलाई शेयर बजारले खासै रुचाउँदैन । विगतको शेयर बजारको इतिहासले त्यो पुष्टि गर्छ ।  सरकार परिवर्तनपछि भने अर्थमन्त्रीमा विष्णु पौडेल बनेपछि उत्साहित शेयर बजारलाई माथिल्लो विन्दुका उकास्ने प्रयास भएकोभयो । किनभने अर्थमन्त्री पौडेल शेयर लगानीकर्ताहरुको लागि सकारात्मक भइदिन्छन् । उनकै अर्थमन्त्रीका कालमा शेयर बजारले नयाँ कीर्तिमानी कामय गरेको थियो । अर्कोतर्फ लगानीकर्ताहरुको कुरा सुनिदिने र आवश्यक नीति सहजीकरण गर्नका लागि पनि पौडेल उपयुक्त अर्थमन्त्र्री मानिन्छन् ।

मौद्रिक नीतिले  लगानीकर्ताहरु थप उत्साह सरकार परिवर्तनपछि शेयर बजारमा आएको उत्तार चढाबले मात्र लगानीकर्तारु उत्साहित भए पनि नीतिगत सुधारबाटै शेयर बजार बलियोे र दिर्घकालीन हुन्छ भन्नेमा थिए । नभन्दै राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिमा लामो समयदेखि लगानीकर्ताहरुले राख्दै आएको मागलाई आंशिक सम्बोधन गरिदिएका छन् । यसअघि शेयर धितो कर्जामा लाग्दै आएकोकर्जा सिमा  व्यक्तिगततर्फको १५ करोड कायमै राखेर २० करोड संस्थागत सम्मको कर्जा सीमा हटाइदिए । यसले आगामी दिनमा सरकारलाई राजस्व उठाउनका लागि महत्वपूर्ण भूमिका खेल्छ । अर्कोतर्फ बैक तथावित्तीय संस्थाको शेयर बजारमा सुस्तभन्दा अति तल्लो विन्दुमा घटेको थियो । पूँजी बजारको ठुलो हिस्सा ओगटेको पूँजी बजारमा बैंकको शेयर बढ्न नसक्दा थला परेको थियो । मौद्रिक नीतिले बैंक तथा वित्तीय संस्थालाई साउन महिनाको नाफा पनि अघिल्लो आर्थिक महिनाको नाफामा जोडेर राख्न पाउने व्यवस्था गरेको छ। यसले बैंक तथा वित्तीय संस्थालाई पनि नाफा राख्नका  लागि भूमिका खेल्छ भने अर्को तर्फ लगानीकर्ताहरुलाई पनि आगामी वर्ष लाभांश बढी बाड्न सक्ने संम्भावना पनि उच्च हुन्छ ।

नेप्से सूचकमा आइरहेको यो उत्साहले यतिबेला लगानीकर्ताहरुमा गत २०७८ भदौं २ को दिनलाई सम्झाना गर्न थालेका छन् । छोटो समयमै बजारले ७०० अंक पार गरेको अबस्था र १९ अर्ब रुपैयाँसम्म कारोबार भएपछि लगानीकर्तामा नयाँ र्कीर्तिमानीको चर्चा चल्न थालेको हो । शेयर बजारमा आइरहेको यो वृद्धिले करिब दिनअघिको कीर्तिमानी कारोबार पछ्याउन थालेको बजारमा विश्लेषण हुन थालेको छ । उच्चतम् कारोबार भएको दिन २१ अर्ब ३१ करोड ३४ लाख रुपैयाँको कारोबार भएको थियो । हालसम्मकै उच्च शेयर कारोबार २१ अर्ब ६४ करोड रुपैयाँको भएको थियो ।

विहीबार, १७ साउन २०८१, ०७ : ५३

प्रतिक्रिया