ताजा समाचार

एनआइसी एसिया डाइनामिक फन्डको लाभांश घोषणा

विहीबार, १७ साउन २०८१, १३ : २८

काठमाडौँ - एनआइसी एसिया डाइनामिक डेप्ट फन्डले लाभांश घोषणा गरेको छ । 

योजना व्यवस्थापक एनआइसी एसिया क्यापिटलको साउन १६ गते बसेको सञ्चालक समितिको बैठकले गत वर्षको नाफाबाट कर सहित १० प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । त्यसै गरी, फन्डले लाभांश वितरण प्रयोजनको लागि आज साउन १७ गते बुक क्लोज गर्ने जनाएको छ । यसर्थ, साउन १६ गते बुधवार सम्म कायम इकाई धनीले लाभांश पाउनेछन् ।

विहीबार, १७ साउन २०८१, १३ : २८

प्रतिक्रिया