ताजा समाचार

५.२९ अंकले घट्यो सेयर बजार

विहीबार, १७ साउन २०८१, १५ : १२

काठमाडौं - अघिल्लो कारोबार दिन उछाल आएको सेयर बजार ५.२९ अंकले घटेर २७५५.६२ को विन्दुमा कायम भएको छ ।

आज नेप्सेमा कारोबार भएको आज ३३२ कम्पनीको ५ करोड १३ लाख २१ हजार ६२९ कित्ता शेयर किनबेच हुँदा २१ अर्ब ७१ करोड ३४ लाख ३१ हजार रुपैयाँको कारोबार भएको छ । आज बजारमा गिरावट आउँदा छ वटा उपसूचक हरियाली भएको छ । उक्त दिन एचआइडिसिएल, नेपाल हाइड्रो डेभलपर, शुभम् पावर, सिटि होटल, कुथेली बुखरी हाइड्रोपावर, प्रोग्रेसिभ फाइनान्स, नेपाल फाइनान्स, सानिमा माइ हाइड्रोपावरको सेयरमा सकरात्मक सर्किट लाएको छ ।

सेयर बजारमा सामान्य करेक्सन, आठ कम्पनीको सेयरमा सकरात्मक सर्किट

सर्वाधिक कारोबार हुने  कम्पनी

आज सबैभन्दा बढी हिमालयन रिइन्स्योरेन्सको सेयर सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको ५९ करोड ७५ लाख ९९ हजार रुपैया बराबरको कारोबार भएको छ । कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको शिभम् सिमेन्टको ४३ करोड ८१ लाख ४३ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ । त्यस्तै उक्त दिन सिइडिबी हाइड्रोपावरको ४२ करोड ५६ लाख ९३ हजार रुपैयाँ, नेपाल फाइनान्सको ४१ करोड ६७ लाख २३ हजार रुपैयाँ र निफ्राको ४१ करोड ४२ लाख ३५ हजार रुपैयाँको कारोबार भएको हो ।

विहीबार, १७ साउन २०८१, १५ : १२

प्रतिक्रिया