ताजा समाचार

नेशनल लाइफ इन्स्योरेन्सको संस्थापक सेयर बिक्रीमा

विहीबार, १७ साउन २०८१, १६ : ५१

काठमाडौँ - नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको १ लाख कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ।  

कम्पनीका विद्यमान संस्थापक सेयरधनीहरुका लागि बिक्रीमा राखिएको यो सेयर खरिदका लागि सूचना प्रकाशित भएको ३५ दिनभित्र आवेदन दिई सक्नुपर्नेछ । संस्थापक सेयरधनीले काठमाडौंको लाजिम्पाटमा रहेको कम्पनीको केन्द्रीय कार्यालयमा आई पुग्ने गरी आवेदन दिनुपर्नेछ । बिक्री गरिने संस्थापक सेयरको मूल्य नियमानुसार हुने प्रचलिन मूल्य भन्दा कम नहुने कम्पनीले जनाएको छ ।  

उल्लेखित मितिभित्र सेयर खरिदका लागि  कुनै पनि आवेदन पेस नभएमा अन्य व्यक्ति तथा कम्पनीलाई उक्त सेयर बिक्री गरिने कम्पनीले जनाएको छ ।  

 

 

 


 

विहीबार, १७ साउन २०८१, १६ : ५१

प्रतिक्रिया