ताजा समाचार

निफ्राको संस्थापक सेयर बिक्रीमा

शुक्रबार, १८ साउन २०८१, १२ : २९

काठमाडौँ - एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले आफ्नो स्वामित्वमा रहेको नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) को सेयर बिक्री गर्न लागेको छ ।

कम्पनीले निफ्रामा आफ्नो स्वामित्वमा रहेको १ लाख ८ हजार कित्ता संस्थापक सेयर बिक्री गर्न लागेको जनाएको छ । उक्त सेयर खरिद गर्न इच्छुक लगानीकर्ताहरूले ७ दिनभित्र आवेदन दिनुपर्नेछ । कम्पनीले यसअघि विद्यमान संस्थापक सेयरधनीका लागि सेयर निष्कासन गरेको थियो ।

तर विद्यमान सेयरधनीले आवेदन नदिएपछि सर्वसाधारणका लागि निष्कासन गरेको हो । संस्थापक सेयर खरिद गर्ने व्यक्ति वा सङ्गठित संस्था पनि संस्थापक समूहभित्र नै समावेश हुने सूचनामा उल्लेख छ ।

 

 

 

शुक्रबार, १८ साउन २०८१, १२ : २९

प्रतिक्रिया