ताजा समाचार

समता घरेलु लघुवित्तको सेयर नेप्सेमा सूचीकृत

शुक्रबार, १८ साउन २०८१, १६ : ३७

काठमाडौँ - नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा समता लघुवित्त वित्तीय संस्था लिमिटेडको १४ लाख ८४ हजार ७८५ कित्ता सेयर सूचीकृत भएको छ । 

साविकको समता घरेलु लघुवित्तले मनकामना स्मर्ट लघुवित्तलाई १ः१ अनुपातमा प्राप्ति गरेपश्चात् मनकामना स्मार्ट लघुवित्तको नाममा रहेको उक्त सेयर समता घरेलु लघुवित्तको नाममा थपिएको हो ।  

उक्त सेयर धितोपत्र सूचीकरण नियमावली,२०७५ बमोजिम नेप्सेमा कारोबार हुनुका लागि साउन १८ गतेको निर्णय अनुसार समता घरेलु लघुवित्तको नाममा सूचीकृत भएको नेप्सेले जनाएको छ । यससँगै मनकामना स्मार्ट लघुवित्तको सूचीकरण खारेज भएको छ ।  

 

शुक्रबार, १८ साउन २०८१, १६ : ३७

प्रतिक्रिया