ताजा समाचार

साताको शेयर बजार : नयाँ रेकर्डमा कायम, १ खर्ब नजिकको कारोबार

शनिबार, १९ साउन २०८१, ०९ : ३०

काठमाडाैं- यो साता पाँच दिन भएको कारोबारमा नेप्से सूचक उत्साहमा वितेको छ । नेप्से कारोबार हालसम्मकै उच्च भएको छ । २१ अर्ब ९१ करोड रुपैयाँको कारोबार भएर नयाँ रेकर्ड बनेको छ । सातामा नेप्से परिसूचक १८७ दशमलव ५१ अंक (७.३०%) बढेर २ हजार ७ सय ५५ दशमलव ६२ मा बन्द भयो। अघिल्लो साताको तुलनामा ५.९३% बढेर गत साता परिसूचक २,५६८.११ मा बन्द भयो। यो साता परिसूचक २,८०५.५७ सम्म उच्च र २,६०६.४० सम्म पुगेर १९९.१७ अंकको अस्थिरता देखियो। अघिल्लो साता परिसूचकले २२९ दशमलव ४४ अंकको अस्थिरता देखाएको थियो । इन्ट्राडेमा आइतबार सबैभन्दा बढी रु १५.८१ अर्बको कारोबारमा ११३.४५ अंकले बढेको थियो भने यो साता कुल कारोबार रु ९६.३१ अर्ब रहेको छ ।

यो साता ९६ अर्ब ३१ करोडको कारोबार भएको छ । मौद्रिक नीतिपछि बैंकहरुको सेयर मूल्यमा उछाल आएको छ । आइतबार बजार खुलेदेखि नै बैंकिङ समूहमा व्यापक तेजी आएको छ । २ पटकसम्म नेप्सेमा सर्किट ब्रेकर लाग्नुमा पनि यो समूहकै योगदान सबैभन्दा बढी देखिन्छ । केन्द्रीय बैंकले शुक्रबार जारी गरेको मौद्रिक नीतिले बैंकहरुका लागि यसअघि कसेको विभिन्न गाँठोहरु फुकाइदिएको छ । 

बैंकको नाफा वृद्धिमा सहयोग पुग्ने गरी नीति आएको छ । यसैको प्रतिक्रियास्वरुपः आइतबार यो समूहमा उछाल आएको अनुमान गरिएको छ । यस्तै, संस्थागत लगानीकर्ताका लागि लगाइएको २० करोडको क्याप पनि हटाइएको छ । संस्थागत लगानीकर्ताले फन्डामेन्टलरुपमा मजबुत भएका कम्पनीहरु किन्ने र त्यसमा बैंकहरु नै बढी पर्ने अनुमानले पनि यो समूहमा उछाल आएको विश्लेषण हुन थालेको छ । यो साता सबैभन्दा धेरै नाफा कमाउने समूहमा फाइनान्स उपसमूहको २० प्रतिशतले बढेको छ भने लगानीगत समूहको १९ प्रतिशतले बढेको छ । होटल तथा पर्यटन समूह, जलविद्युत समूहको ५ प्रतिशतभन्दा बढीले बढेको छ ।
 

शनिबार, १९ साउन २०८१, ०९ : ३०

प्रतिक्रिया