काठमाडौँ - श्रीनगर एग्रिटेक इन्डस्ट्रिजलेआइपीओ निष्कासन प्रस्तावसहित विशेष साधारण सभा बोलाएको छ ।
कम्पनीको साउन १८ गते बसेको सञ्चालक समितिको बैठकले आगामी भदौ ४ गतेका लागी विशेष साधारण सभा डाकेको हो । सभा नक्सालमा रहेको कम्पनीको कर्पोरेट कार्यालयमा बिहान १०:३० बजे आयोजना हुनेछ ।
सभामा सर्वसाधारणलाई जारी गर्ने भनी छुट्टाइएको सेयरलाई संशोधन गरी प्रिमियम वा अङ्कित मूल्यमा आईपीओ निष्कासन गर्ने र सो कार्यका लागि सञ्चालक समितिलाई अधिकार प्रदान गर्ने विशेष प्रस्ताव पारित गरिनेछ । यस्तै कम्पनीको अधिकृत पुँजी,जारी पुँजी तथा चुक्तापूँजी वृद्धि गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।
प्रतिक्रिया