काठमाडौँ - नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ ।
कम्पनीले काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानहरूमा रहेका शाखा कार्यालयको लागि ब्रान्च म्यानेजर र प्रदेश प्रमुखमा कर्मचारी माग गरेको छ । प्रादेशिक प्रमुख तथा उपप्रमुख,मार्केटिङ म्यानेजर,डेपुटी मार्केटिङ म्यानेजर तथा असिस्टेन्ट मार्केटिङ म्यानेजर र सिनियर डेभलपमेन्ट अफिसर,डेभलपमेन्ट अफिसर र असिस्टेन्ट डेभलपमेन्ट अफिसर पदका लागि कम्पनीले कर्मचारी माग गरेको हो ।
प्रादेशिक प्रमुख तथा उपप्रमुख पदका लागि कम्तीमा स्नातक तह उत्तीर्ण गरेको हुनु पर्नेछ भने कम्तीमा बैङ्क,बीमा र मार्केटिङ क्षेत्रमा १० वर्ष काम गरेको समेत हुनु पर्नेछ । उपप्रमुख, मार्केटिङ म्यानेजर,डेपुटी मार्केटिङ म्यानेजर तथा असिस्टेन्ट मार्केटिङ म्यानेजर पदका लागि पनि कम्तीमा स्नातक तह उत्तीर्ण गरेको र कार्यानुभव हासिल गरेको हुनु पर्नेछ ।
यस्तै सिनियर डेभलपमेन्ट अफिसर,डेभलपमेन्ट अफिसर र असिस्टेन्ट डेभलपमेन्ट अफिसर पदका लागि स्नातक वा १२ कक्षा उत्तीर्ण गरेको हुनु पर्ने कम्पनीले जनाएको छ । इच्छुक उम्मेदवारहरूले सूचना प्रकाशित मितिले ७ दिनभित्र कम्पनीको आधिकारिक वेबसाइट मार्फत आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।
प्रतिक्रिया