ताजा समाचार

एशियन लाइफको संस्थापक शेयर विक्रीमा

आइतबार, २० साउन २०८१, १५ : ३५

काठमाडौँ - एशियन लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो स्वामित्वमा रहेको २ लाख ७१ हजार ४६ कित्ता संस्थापक शेयर विक्री गर्न लागेको छ ।

कम्पनीले विद्यमान संस्थापक शेयरधनीका अतिरिक्त सर्वसाधारण तथा संगठित संघसंस्थाले पनि खरीद गर्न पाउने गरी शेयर विक्रीमा ल्याएको हो । संस्थापक शेयरको मूल्य प्रतिकित्ता ३५० रुपैयाँ तोकिएको छ ।

लगानीकर्ताले सो दरमा साउन २८ गतेभित्र आवश्यक कागजात प्रमाण संकलन गरी नेपाल बीमा प्राधिकरणबाट जारी ‘बीमकको संस्थापक शेयर कारोबार सम्बन्धि निर्देशिका २०७७’ बमोजिम कागजातहरु कम्पनीको केन्द्रीय काठमाडौंमा प्राप्त हुने गरी आवेदन दिनु पर्नेछ ।
 

आइतबार, २० साउन २०८१, १५ : ३५

प्रतिक्रिया