काठमाडौँ - कामना सेवा विकास बैंक लिमिटेडले सेयरधनी लगायत अन्य इच्छुक व्यक्ति, फर्म कम्पनी तथा संगठित संस्थाहरुको लागि ८७ हजार २९७ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।
सेयरको न्युनतम मुल्य प्रति सेयर १०० रुपैयाँ तोकिएको हुंदा सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नु पर्नेछ । एकै व्यक्ति वा कम्पनीले एक भन्दा बढि मूल्यमा सेयर खरीदका लागि आवेदन दिन चाहेमा भिन्दाभिन्दै शिलबन्दी खाम भित्र आवेदन दिनुपर्नेछ ।
सेयरमा न्यूनतम एक हजार कित्ताको लागि आवेदन दिनुपर्नेछ भने सो भन्दा बढीको लागी १० को गुणनमा वा सम्पूर्ण कित्ता खरिदको लागि आवेदन दिन पाइने छ । ५ लाखसम्मको आवेदन दिनेले स्वेच्छिक रुपमा र ५ लाख रुपैयाँ भन्दा बढी रकमको आवेदन दिनेले अनिवार्य रुपमा आफ्नो प्यान नं। आवेदन फाराममा उल्लेख गर्नुपर्नेछ ।
प्रतिक्रिया