ताजा समाचार

आईपीओ निष्काशन गर्दै कस्मिक इलेक्ट्रीकल

सोमबार, २१ साउन २०८१, १२ : २२

काठमाडौँ - कस्मिक इलेक्ट्रीकल लिमिटेडले आईपीओ निष्काशनको प्रस्ताव सहित विशेष साधरणसभा बोलाएको छ ।

कम्पनीले यसका लागि भदौ ५ गते बुधवार विशेष साधारण सभा बोलाएको हो । सभा ललितपुरको सानेपास्थित कम्पनी कार्यालयमा बिहानको ११ बजेदेखि सुरु गरिने भएको छ । सभाले कम्पनीको शेयर सार्वजनिक निष्काशन (आईपीओ) गर्ने विशेष प्रस्ताव पारित गर्ने भएको छ ।

त्यस्तै हाल कायम अधिकृत तथा जारी पुँजी वृद्धि गर्ने, प्रबन्ध पत्र तथा नियमावली संशोधन गर्ने, आईपीओ निष्कासनका लागि आवश्यक कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने र आईपीओ निष्काशन पश्चात् प्राप्त हुने रकमको उपयोग विषयमा समेत सभामा छलफल हुने भएको छ ।

सोमबार, २१ साउन २०८१, १२ : २२

प्रतिक्रिया