काठमाडौं - सोमबार सेयर बजार ४०.७६ अंकले बढेर २७९६.३८ को विन्दुमा कायम भएको छ ।
आज नेप्सेमा कारोबार भएको आज ३२६ कम्पनीको ४ करोड ९७ लाख ७३ हजार ७३० कित्ता शेयर किनबेच हुँदा २१ अर्ब ८६ करोड ४९ लाख ९२ हजार रुपैयाँको कारोबार भएको छ । आज बजारमा वृद्धि हुँदा ७ वटा उपसूचक हरियाली भएको छ ।
उक्त दिन रुरु जलविद्युत कम्पनी, सिइडिबी हाइड्रोपावर, कुथेली बुखरी हाइड्रोपावर, सगरमाथा जलविद्युत कम्पनी, भगवती हाइड्रोपावर, माथिल्लो मैलुङखोला जलविद्युत कम्पनी, भिजन लुम्बिनी उर्जा कम्पनी,मुक्तिनाथ कृषि कम्पनी, सिटी होटल, माउन्टेन हाइड्रोको सेयरमा सकरात्मक सर्किट लाएको छ ।


सर्वाधिक कारोबार हुने कम्पनी
आज सबैभन्दा बढी हिमालयन रिइन्स्योरेन्सको सेयर सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको १ अर्ब ३६ करोड ४ लाख ८८ हजार रुपैया बराबरको कारोबार भएको छ । कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको एनआरएन इन्फ्रास्ट्रक्चरको ४९ करोड ३८ लाख ७२ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ । त्यस्तै यस दिन सानिमा माई हाइड्रोपावरको ४४ करोड ५१ लाख ६४ हजार रुपैयाँ, शिभम् सिमेन्टको ४२ करोड ७ लाख ७३ हजार रुपैयाँ र माउन्टेन इनर्जीको ४० करोड ९३ लाख ९७ हजार रुपैयाँको कारोबार भएको हो ।

प्रतिक्रिया