काठमाडाैं- साताको सोमबार दिन नेप्से परिसूचक ४०.७६ अंकले बढेर २ हजार ७९६.३८ विन्दुमा आइपुगेको छ । नेप्से सूचक आज पनि २ हजार ८ सयको मनोवैज्ञानिक विन्दु परिक्षण गरेर फर्किएको छ। दुईपटकसम्म २ हजार ८ सयको मनोवैज्ञानिक विन्दुलाई छेड्ने प्रयास गरे पनि लगानीकर्ताहरुले ठूलो परिणामा नाफा बुक राख्दा सफल हुन सकेन । कारोबारको सुरुवात देखिनै नेप्से सूचकमा उत्रार चढाब आएको थियो ।
धितोपत्र र ऋणपत्रगरी कारोबारमा आएका ३२६ कम्पनीको ४ करोड ९६ लाख कित्ता शेयर किनेबेचहुँदा २१ अर्ब ८१ करोड रुपैयाँको हालसम्मकै दोस्रो ठुलो कारोबार भएको छ । अघिल्लो साता २१ अर्ब ९१ करोड रुपैयाँको सर्वाधिक उच्च कारोबार भएको थियो । सवाधिक कारोबार हुने कम्पनीमा हिमालयन रिइन्स्योरेन्स कम्पनी एक्लैको १ अर्ब २५ करोड रुपैयाँकोशेयर कारोबार भएको छ । यो ठूलो परिणाममा आइपीओ निष्कसान गरेको यो कम्पनीको अधिकांश लगानीकर्ताहरुसँग शेयर रहेको छ । कम्पनीको शेयर प्रतिशेयर मूल्य ८ सय ४४.९० पैसा पुगेपछि लगानीकर्ताहरुले नाफा बुक गरेका छन् ।
त्यस्तै दोस्रो ठूलो कारोबार गर्ने कम्पनीमा एनआरएन इन्फाष्ट्रचर डेभलपमेन्ट बैंकको ४७ करोड ७७ लाख रुपैयाँको कारोबार भएको छ । कम्पनीको शेयर मूल्य अस्वाभिक बढेपछि प्रतिनिधि सभा संसदमा समेत यो कम्पनीकोशेयर मूल्यप्रति प्रश्न उठेको छ । त्यस्तै। सानिमामाई हाइड्रो पावर, शिवम् सिमेन्ट र माउन्टेन इनर्जी कम्पनीको ३९ करोड रुपैयाँदेखि ४१ करोड रुपैयाँसम्मको कारोबार भएको छ ।
प्रतिक्रिया