ताजा समाचार

भिजन इनर्जीले बोलायो साधारणसभा

मंगलबार, २२ साउन २०८१, १२ : ००

काठमाडौँ - भिजन इनर्जी एण्ड पावर लिमिटेडले आईपीओ ल्याउने प्रस्तावसहित भदौ १४ गते वार्षिक साधारणसभा बोलाएको छ । सभा भर्चुअल माध्यमबाट बस्नेछ । 

सभाले प्रारम्भिक सेयर निष्कासन (आईपीओ) जारी गर्ने र सोका लागि आवश्यक कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, अधिकृत र चुक्ता पुँजी वृद्धि गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।

त्यसैगरी गत आवको सञ्चालक समिति र लेखापरीक्षकको प्रतिवेदन सहितको वित्तीय विवरण पारित गर्ने, चालू आवका लागि लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक निर्धारण गर्ने र सञ्चालक समितिको निर्वाचनको टुंगो लगाउने काम पनि सभाले गर्नेछ ।

 
 

मंगलबार, २२ साउन २०८१, १२ : ००

प्रतिक्रिया