ताजा समाचार

सेयर बजारमा १४५.०५ अंकको गिरावट

मंगलबार, २२ साउन २०८१, १५ : १२

काठमाडौं - आज साउन २२ गते मंगलबार सेयर बजार १४५.०५ अंकले घटेर २६५१.३२ को विन्दुमा कायम भएको छ ।

आज नेप्सेमा कारोबार भएको आज ३२२ कम्पनीको ५ करोड ३८ लाख ४४ हजार २३७ कित्ता शेयर किनबेच हुँदा २३ अर्ब ७१ करोड ६७ लाख १६ हजार रुपैयाँको कारोबार भएको छ । आज बजारमा गिरावट आउँदा सबै उपसूचक राताम्मै भएको छ । उक्त दिन नेपाल फाइनान्स, गुर्खाज फाइनान्ससहित दश कम्पनीको सेयरमा नकरात्मक सर्किट लाएको छ ।

सेयर बजारमा उच्च अंकको गिरावट, दश कम्पनीको सेयरमा नकरात्मक सर्किट

सर्वाधिक कारोबार हुने कम्पनीहरु

आज सबैभन्दा बढी हिमालयन रिइन्स्योरेन्सको सेयर सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको १ अर्ब ३९ करोड ७८ लाख ८० हजार रुपैया बराबरको कारोबार भएको छ । कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको नेपाल रिइन्स्योरेन्स कम्पनीको ४८ करोड ३६ लाख ३३ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।

त्यस्तै यस दिन सिइडिबी हाइड्रोपावरको ४३ करोड १८ लाख ३० हजार रुपैयाँ, सानिमा माई हाइड्रोपावरको ४२ करोड २३ लाख ७३ हजार रुपैयाँ र शिभम् सिमेन्ट्सको ४१ करोड ३ लाख ६७ हजार रुपैयाँको कारोबार भएको हो ।

मंगलबार, २२ साउन २०८१, १५ : १२

प्रतिक्रिया