काठमाडौं- आज बजारमा उच्च अंकको बढोत्तरी आएको छ । उक्त दिन बजार १०८.३५ अंकले बढेर २७५९.६७ को विन्दुमा कायम भएको छ ।

आज नेप्सेमा कारोबार भएको आज ३३० कम्पनीको ३ करोड ८० लाख ४१ हजार २६७ कित्ता शेयर किनबेच हुँदा १७ अर्ब ९५ करोड ९ लाख १८ हजार रुपैयाँको कारोबार भएको छ । आज बजारमा बढोत्तरी आउँदा सबै उपसूचक हरियाली भएको छ ।
यस दिन बोटलर्स नेपाल (बालाजु), गुडविल फाइनान्ससहित १ दर्जन कम्पनीको सेयरमा सकरात्मक सर्किट लाएको छ ।

यस दिन सबैभन्दा बढी हिमालयन रिइन्स्योरेन्सको सेयर सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको १ अर्ब ५३ करोड ५३ लाख ६० हजार रुपैया बराबरको कारोबार भएको छ । कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको नेपाल फाइनान्सको ६५ करोड ५५ लाख ९८ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।
त्यस्तै उक्त दिन सानिमा माई हाइड्रोपावरको ५५ करोड ७३ लाख ९८ हजार रुपैयाँ, शिभम् सिमेन्ट्सको ४६ करोड २१ लाख ५६ हजार रुपैयाँ र चिलिमे हाइड्रोपावरको ३५ करोड १३ हजार रुपैयाँको कारोबार भएको हो ।

प्रतिक्रिया