काठमाडौँ -सेयर कारोबार भइरहेको समयमा अर्थ समितिमा पुजिबारे छलफल भईरहेको छ । धितोपत्र बजारको दोस्रो बजारमा शेयर कारोबार भइरहेको समयमा अर्थ समितिले बैठक बोलाएकोमा नेकपा(एमाले) का सांसद सूर्यबहादुर थापाले असन्तुष्टि व्यक्त गरेका छन् ।
बिहीबार बिहान ११ बजे अर्थ समितिको बैठकमा उनले धितोपत्र ऐन अनुसार शेयर कारोबार भईरहेको समयमा पूँजीबजार केन्द्रित छलफल गर्न पाईदैन भन्दै आपत्ती जनाएका छन् ।
बैठकमा नेपालको पूँजीबजार सम्बन्धी समसामयिक विषयमा अहिले धितोपत्र बजार नियामक नेपाल धितोपत्र बोर्डसँग छलफल भइरहेको छ ।
यसअघि प्रतिनिधिसभा बैठक विशेष समय लिंदै स्वतन्त्र सांसद अमरेश कुमार सिंहले शेयरबजारमा विभिन्न कम्पनीको शेयरमूल्यमा चलखेल गरेर अस्वभाविक वृद्धि गरिएको भन्दै छानबिन गर्न माग गरेका थिए ।
त्यस्तै पूर्व अर्थमन्त्री डा प्रकाश शरण महतले पनि अहिलेको शेयर बजारको वृद्धि अस्वभाविक भएको टिप्पणी गरेका थिए । समितिले सोही विषयलाई लिएर धितोपत्र बोर्डसँग छलफल गरेको हो ।
प्रतिक्रिया