काठमाडौं- साताको अन्तिम कारोबार दिन सेयर बजारमा सामान्य वृद्धि भएको छ । उक्त दिन बजार ६.७० अंकले बढेर २७६६.३८ को विन्दुमा कायम भएको छ ।
आज नेप्सेमा कारोबार भएको आज ३२२ कम्पनीको ५ करोड ९ लाख ४६ हजार ८३२ कित्ता शेयर किनबेच हुँदा २० अर्ब ७ करोड ४ लाख ३४ हजार रुपैयाँको कारोबार भएको छ । आज बजारमा बढोत्तरी आउँदा ६ उपसूचक हरियाली भएको छ ।

यस दिन कर्णाली डेभलपमेन्ट बैंक, शिभम् सिमेन्ट, घोराही सिमेन्ट इन्डस्ट्री, मिड सोलु हाइड्रोपावर, सोनापुर मिनरल्स, सर्वोत्तम सिमेन्ट, कुथेली बुखरी स्मल हाइडेपावरको सेयरमा सकरात्मक सर्किट लाएको छ ।

यस दिन सबैभन्दा बढी शिभम् सिमेन्टको सेयर सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको १ अर्ब २० करोड ९० लाख ९ हजार रुपैया बराबरको कारोबार भएको छ । कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको हिमालयन रिइन्स्योरेन्सको १ करोड ७ लाख ६२ लाख ४६ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।
त्यस्तै उक्त दिन निफ्राको ९२ करोड ४६ लाख ९३ हजार रुपैयाँ, सोनापुर मिनरल्सको ४५ करोड ८७ लाख ११ हजार रुपैयाँ र सानिमा माई हाइड्रोपावरको ४२ करोड ५३ लाख २४ हजार रुपैयाँको कारोबार भएको हो ।

प्रतिक्रिया