लक्ष्मी सनराईजका दुई वटा म्युचुअल फण्डको लाभांश घोषणा

काठमाडौँ - लक्ष्मी सनराइज क्यापिटलले दुई वटा म्युचुअल फण्डको लाभांश वितरण गर्ने भएको छ ।

सनराइज फस्ट म्युचुअल फण्डका इकाईधनीहरुले कर सहित १२.५ प्रतिशत प्रतिफल र सनराइज फोकस्ड इक्विटी फण्डका इकाईधनीहरुले कर सहित ४.५ प्रतिशत प्रतिफल पाउने भएका छन् ।

योजना व्यवस्थापकको २०८१ साउन २४ गते बसेको संचालक समितिको १४५ औं बैठकले आर्थिक वर्ष २०८०\८१ को लागि कर सहित इकाईधनीहरुलाई प्रतिफल वितरण गर्ने निर्णय गरेको हो । लक्ष्मी सनराइज क्यापिट योजना व्यवस्थापक रहेका यी दुई फण्डको कोष प्रर्वद्धक लक्ष्मी सनराइज बैंक रहेको छ ।

 
 

१ महिना अगाडि

प्रतिक्रिया