भदौ २५ गतेपछि सर्वोत्तम सिमेन्टको शेयरको लइकन अवधि सकिने

काठमाडौँ - सर्वोत्तम सिमेन्टको २५ लाख ५४ हजार २ सय २७ कित्ता शेयरको लइकन अवधि आगामी भदौ २५ गतेपछि सकिने भएको छ ।

कम्पनीको योग्य संस्थागत लगानीकर्ताको स्वामित्वमा रहेको २४ लाख कित्ता र सामूहिक लगानी कोष (म्युचुअल फण्ड) को स्वामित्वमा रहेको १ लाख ५४ जार २२७ कित्ता शेयरको लइकन अवधि भदौ २५ गतेपछि सकिने भएको छ ।

लइकन अवधि सकिएपछि सम्बन्धित सेयरधनीहरूले यी शेयर कारोबार गर्न सक्नेछन् । नेपाल धितो पत्र बोर्डले २०८० साल कात्तिक २५ गतेदेखि सर्वसाधारण तर्फ कायम हुने योग्य संस्थागत लगानीकर्ता र सामूहिक लगानी कोषले आफ्नो स्वामित्वमा रहेको शेयर सर्वसाधारणमा बाँडफाँट भएको ६ महिनासम्म लकइनमा राख्नुपर्ने व्यवस्था गरेको थियो ।

सोही व्यवस्था बमोजिम कम्पनीको उल्लेखित कित्ता शेयर गत फागुन २५ गतेदेखि लकइनमा रहेको थियो ।कम्पनीले सर्वसाधारणमा गत २५ गते आईपीओ बाँडफाँट गरेको थियो । धितो पत्र दोस्रो बजारमा भने कम्पनीको शेयर गत चैत ५ गते सूचीकृत भएको थियो । यस कम्पनीले योग्य संस्थागत लगानीकर्तामा प्रतिकित्ता ४०१ रुपैयाँ र सर्वसाधारणमा सो मूल्यभन्दा १० प्रतिशत कम ३६० रुपैयाँ ९० पैसामा आईपीओ विक्री गरेको थियो ।1723187593217

 

 

 

 

 

१ महिना अगाडि

प्रतिक्रिया