इन्फिनिटी लघुवित्तले संस्थापक शेयर सर्वसाधारणका लागि बिक्री

काठमाडाैं- इन्फिनिटी लघुवित्तले संस्थापक शेयर सर्वसाधारणका लागि बिक्रीमा ल्याएको छ ।संस्थाले संस्थापक शेयरधनीको नाममा रहेको ४८ हजार कित्ता शेयर सर्वसाधारणका लागि बिक्रीमा ल्याएको हो ।

संस्थाले यसअघि संस्थापक शेयरधनीले मात्रै खरिद गर्न पाउने गरी सो शेयर बिक्रीमा ल्याएको थियो । तोकिएको समयमा आवेदन नपरेकाले सर्वसाधारणलाई बिक्री गरिन लागेको संस्थाले जनाएको छ । शेयर खरिद गर्न इच्छुक लगानीकर्ताले १५ दिनभित्र संस्थाको केन्द्रीय कार्यालय गैंडाकोट–२ नवलपरासीमा आइपुग्ने गरी आवेदन पेस दिनुपर्नेछ । 

शेयरको बिक्री मूल्य भने प्रचलित नियमानुसार हुने बताइएको छ । 

१ महिना अगाडि

प्रतिक्रिया