सिटिजन्स क्यापिटलले शेयरधनीलाई १५.५० प्रतिशत लाभांश वितरण गर्ने

काठमाडाैं-  सिटिजन्स क्यापिटलले गत वर्षको नाफाबाट शेयरधनीलाई १५.५० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । 

कम्पनीले गत आर्थिक वर्ष २०८०\0८१ को नाफाबाट हाल कायम चुक्ता पुँजी १५.१५ प्रतिशत अर्थात् ३ करोड १० लाख रुपैयाँबराबर नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । सो लाभांश प्रस्ताव पारित गर्न कम्पनीले वार्षिक साधारणसभा आह्वान गरेको छ । सभा ज्ञानेश्वर, काठमाडौंमा बिहान ११ बजे बस्नेछ ।

त्यस्तै सभाले, आव २०८०र८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन छलफल गरी पारित गर्ने भने चालू आवका लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्नेछ ।  त्यस्तै, सञ्चालक नियुक्ति अनुमोदन र सञ्चालकको बैठक भत्ता वृद्धि गर्नेलगायतका प्रस्ताव पनि सभाले पारित गर्नेछ ।

१ महिना अगाडि

प्रतिक्रिया