मुम्बई – बलिउड अभिनेता शाहरुख खानकी पत्नी गौरी खानले अम्बानी ‘हाउस एन्टीलिया’ को भित्री भागलाई नयाँ रुप दिने भएकी छिन् । उनले यसअघि बलिउडका थुप्रै सेलिबे्रटीको घरको डिजाइन गरेकी छिन् ।
एसियाकै धनी मुकेश अम्बानीको आलिशान घर ‘एन्टालिया’ संसारमै चर्चित महलमध्येमा पर्छ । त्यही महलको भित्री भागमा नयाँ रुप दिन अम्बानी परिवारको रोजाईमा परेकी छिन् गौरी खान । उनले केही दिन अगाडि ट्विटरमा नीता अम्बानीसँगको तस्बिर सेयर गर्दै यो कुराको जानकारी दिएकी हुन् ।
तस्बिरमा गौरी खान र नीता अम्बानी सँगै बसिरहेका छन् र उनले क्याप्सनमा लेखेकी छिन्, ‘एन्टीलिया डिजाइन गर्दाको अनौठो अनुभव । अहिलेसम्म गरेका प्रोजेक्टमध्ये सबैभन्दा टप प्रोजेक्ट हो । नीतासँग काम गर्दा मज्जा आउँनेछ ।’
यो भन्दा अगाडि गौरी खानले ज्याकलीन फर्नाडिस र सिद्धार्थ मल्होत्राको घरको पनि भित्री भाग डिजाइन गरेकी छिन् । साथै, आलिया भट्टको पनि नयाँ भ्यानीटि भ्यानको भित्री भागको डिजाइन गरेकी थिइन् ।
It’s been such an incredible experience working on this space at Antilia . This has definitely been one of our top bespoke projects and working with Nita and her keen eye for design has been truly inspiring #GauriKhanDesigns pic.twitter.com/QTIAT6K9QE
— Gauri Khan (@gaurikhan) May 7, 2019
प्रतिक्रिया