ताजा समाचार

सेयर बजारमा ९४.५३ अंकले वृद्धि

आइतबार, २७ साउन २०८१, १५ : ३७

काठमाडौँ - साताको पहिलो कारोबार दिन सेयर बजार ९४.५३ अंकले बढेर २८६०.९१ को विन्दुमा कायम भएको छ ।

सेयर बजारमा उछाल, २५ अर्बबढीको कारोबार हुँदा यी कम्पनीमा झुम्मिए लगानीकर्ता

आज नेप्सेमा कारोबार भएको आज ३३० कम्पनीको ६ करोड ३ लाख २१ हजार ३२३ कित्ता शेयर किनबेच हुँदा २५ अर्ब ७७ करोड ९४ लाख ५३ हजार रुपैयाँको कारोबार भएको छ । आज बजारमा बढोत्तरी आउँदा सबै उपसूचक हरियाली भएको छ ।

यस दिन सबैभन्दा बढी हिमालयन रिइन्स्योरेन्सको सेयर सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको १ अर्ब ५२ करोड २ लाख ४७ हजार रुपैया बराबरको कारोबार भएको छ । कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको शिभम् सिमेन्टको १ अर्ब १६ करोड ६४ लाख ९५ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।

त्यस्तै यस दिन निफ्राको ६८ करोड २७ लाख ८० हजार रुपैयाँ, नेपाल फाइनान्सको ५९ करोड ७४ लाख ३४ हजार रुपैयाँ र अपर तामाकोशी हाइड्रोपावरको ५५ करोड २५ लाख ३५ हजार रुपैयाँको कारोबार भएको हो ।

आज नेशनल हाइड्रोपावर कम्पनी, नेरुडे मिर्मिरे लघुवित्त, एचआइडिसिएल, खानीखोला हाइड्रोपावर, आँखुखोला जलविद्युत कम्पनीसहित १ दर्जन बढी कम्पनीको सेयरमा सकरात्मक सर्किट लाएको छ ।

आइतबार, २७ साउन २०८१, १५ : ३७

प्रतिक्रिया