ताजा समाचार

लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत पदका लागि दरखास्त आह्वान

सोमबार, २८ साउन २०८१, ११ : ३०

काठमाडौँ- प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गत रहेको लगानी बोर्डले प्रमुख कार्यकारी अधिकृत पदका लागि दरखास्त आह्वान गरेको छ । रिक्त  पद पूर्तिका लागि बोर्डले आवेदन मागेको हो । 

सोमबार एक सूचना जारी गर्दै बोर्डले सार्वजनिक–निजी साझेदारी तथा लगानी ऐन,२०७५ को दफा १२ को उपदफा (५)बमोजिम लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत नियुक्ती गर्ने भएकाले आवेदन  मागेको छ  ।  मान्यता प्राप्त शिक्षण संस्थाबाट अर्थशास्त्र, व्यवस्थापन, वाणिज्यशास्त्र, कानुन, इन्जिनियरिङ्ग लगायतका विषयमा स्नाकोत्तर तह उत्तीर्ण गरेका र विभिन्न उल्लेखित क्षेत्रमा कम्तिमा १० वर्ष कार्य गरेको अनुभव भएका इच्छुक नागरिकले उक्त पदमा आवेदन दिन सक्ने भएका छन् ।


बोर्डका अनुसार ३५ वर्ष नाघेर ६५ वर्ष पुरा नभएका नागरिकले आवेदन दिन पाउने भएका छ । साथै, इच्छुक नागरिकले सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र आवश्यक कागजातसहित सिफारिस समितिको सचिवालय, प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय, सिंहदरवारमा आवेदन दिनु पर्ने छ ।

सोमबार, २८ साउन २०८१, ११ : ३०

प्रतिक्रिया