ताजा समाचार

सेयर बजारमा  ७०.८१ अंकले वृद्धि

सोमबार, २८ साउन २०८१, १५ : १२

काठमाडौँ - साताको दोस्रो कारोबार दिन सेयर बजार ७०.८१ अंकले बढेर २९३१.६५ को विन्दुमा कायम भएको छ ।

आज नेप्सेमा कारोबार भएको आज ३३९ कम्पनीको ६ करोड ४८ लाख ७६ हजार २१७ कित्ता शेयर किनबेच हुँदा २७ अर्ब २४ करोड २० लाख ३४ हजार रुपैयाँको कारोबार भएको छ । आज बजारमा बढोत्तरी आउँदा ११ वटा उपसूचक हरियाली भएको छ ।

उक्त दिन, हिमालयन लाइफ इन्स्योरेन्स, सूर्यज्योति लाइफ इन्स्योरेन्स,जोशी हाइड्रोपावर, रसुवागढी हाइड्रोपावर, श्वेतगंगा हाइड्रोपावर, शुभम् पावर लिमिटेड, भिजन लुम्बिनी उर्जा कम्पनीसहित १ दर्जन कम्पनीको सेयरमा सकरात्मक सर्किट लाएको छ ।

सेयर बजारमा हरियाली कायमै, कारोबार रकममा उछाल आउँदा १ दर्जन कम्पनीको सेयरमा सकरात्मक सर्किट

सर्वाधिक कारोबार हुने कम्पनी

आज सबैभन्दा बढी हिमालयन रिइन्स्योरेन्सको सेयर सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको १ अर्ब २२ करोड ८० लाख ७२ हजार रुपैया बराबरको कारोबार भएको छ । कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको शिभम् सिमेन्टको ९२ करोड २८ लाख ८६ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।

त्यस्तै यस दिन नेपाल फाइनान्सको ८४ करोड ३६ लाख ९५ हजार रुपैयाँ, निफ्राको ७२ करोड ९० लाख ९२ हजार रुपैयाँ र हिमालयन लाइफ इन्स्योरेन्सको ५७ करोड २५ लाख ४३ हजार रुपैयाँको कारोबार भएको हो ।

सोमबार, २८ साउन २०८१, १५ : १२

प्रतिक्रिया