आई.एम.ई. लाइफ इन्स्योरेन्सको सिईओ फुँयालको दोस्रो कार्यकाल थप

मंगलबार, २९ साउन २०८१, ०९ : ५२

काठमाडौँ- आई.एम.ई. लाइफ इन्स्योरेन्स कं. लि. का प्रमुख कार्यकारी अधिकृत कवि फुँयाललाई दोस्रो कार्यकालका लागि समय थप भएको छ । 

कम्पनीको सञ्चालक समितिको २०८१ श्रावण १४ गते बसेको २०१ औं बैठकको निर्णयानुसार यस कम्पनीका प्रमुख कार्यकारी अधिकृत कवि फुँयालको दोस्रो कार्यकालका लागि निर्णय गरेको थियो ।  
उक्त निर्णय स्वीकृतिका लागि बीमा प्राधिकरणमा पेश भएकोमा प्राधिकरणबाट मिति २०८१ श्रावण २८ गते पुनः दोस्रो कार्यकालको पदभार सम्हाल्ने गरि स्वीकृती प्राप्त भएको छ ।

मंगलबार, २९ साउन २०८१, ०९ : ५२

प्रतिक्रिया