काठमाडौँ - गलेश्वरधाम मन्दिरमा साउन महिनाका चार वटा सोमबार पूजा अर्चना तथा दर्शनका लागि आएका भक्तजनले चडाएको भेटी रकम १५ लाख १० हजार सात सय २४ रुपियाँभन्दा धेरै सङ्कलन भएको छ ।
गलेश्वर दर्शन तथा पूजा अर्चनाका लागि साउन ७ गते पहिलो सोमबार दर्शनका लागि आउने भक्तजनहरुले तीन लाख ७२ हजार तीन सय ७२ रुपियाँ भेटी चडाएका थिए । त्यसैगरी, १४ गते दोस्रो सोमबार तीन लाख ३६ हजार एक सय ८५ रुपियाँ, तेस्रो सोमबार २१ साउनमा तीन लाख ६६ हजार दुई सय रुपियाँ र चौथो तथा अन्तिम सोमबार साउन २८ गते भक्तजनहरुले चार लाख ३५ हजार नौ सय ६७ रुपियाँ भेटी चडाएका थिए ।
मन्दिरको दानपेटीका खोलेर गणना गर्दा अमेरिकी डलर ६ पनि फेला परेको छ। एउटा पाँच र अर्को एक डलरको दुई वटा नोटहरु दानपेटीकामा भेटिएको कोषले जनाएको छ।भक्तजनहरुले दानपेटीकामा चडाएको भेटी रकम गलेश्वर शिवालय क्षेत्र विकास कोषका पदाधिकारी तथा स्थानीय सामाजिक संघसंस्थाका प्रतिनिधिहरुको रोहबरमा दानपेटीका खोलेर गणना गरिएको कोषका अध्यक्ष माधवप्रसाद रेग्मीले जानकारी दिए ।
उनका अनुसार गणना गरिएको रकम बेनी स्थीत गरिमा विकास बैंकमा रहेको कोषको खातामा जम्मा गरिएको छ । साउनका हरेक सोमबार भक्तजनले चडाएको रकम मङ्गलबार बिहान गणना गर्ने गरिएको कोषले जनाएको छ ।
प्रतिक्रिया