ताजा समाचार

एचआईडीसीएलको सेयर बिक्रीमा

मंगलबार, २९ साउन २०८१, १२ : २३

काठमाडौँ - हाइड्रोईलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल) ले संस्थापक समूहमा पर्ने अवितरित १ करोड ६८ लाख ५९ हजार ५० कित्ता सेयर बिक्रीमा राखेको छ । 

उक्त सेयरमा इच्छुक जोकोही व्यक्ति, संस्था वा कम्पनीले खरिद आवेदन दिन सक्नेछन् । सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ । बोलपत्र पेश गर्दा घटीमा १०० कित्ता र बढीमा सबै कित्ता सेयरका लागि आवेदन दिन सकिने कम्पनीले बताएको छ ।

सेयर बिक्रीपछि नेप्सेमा ‘एचआईडीसीएलपी’ संकेतमा कारोबार गर्न मिल्ने छ ।बोलपत्र फाराम साउन २९ गतेदेखि भदौ ६ गते कार्यालय समयभित्र पेस गरिसक्नुपर्ने कम्पनीले जनाएको छ ।  

सेयर खरिदका लागि बोलपत्र काठमाडौंको नक्सालस्थित ग्लोबल आइएमई क्यापिटलको कार्यालयका साथै ग्लोबल आइएमई बैंकका शाखाहरू शंखमूल नयाँबानेश्वर, बिर्तामोड, विराटनगर, जनकपुरधाम, वीरगन्ज, हेटौँडा, नारायणगढ, पोखरा, बुटवल, बागलुङ बजार, नेपालगन्ज, वीरेन्द्रनगर, घोराही, धनगढी र महेन्द्रनगरमा बुझाउन सकिनेछ ।

 

मंगलबार, २९ साउन २०८१, १२ : २३

प्रतिक्रिया