ताजा समाचार

८.१८ अंकले घट्यो सेयर बजार

मंगलबार, २९ साउन २०८१, १५ : ०८

काठमाडौँ - साताको तेस्रो कारोबार दिन सेयर बजार ८.१८ अङ्कले घटेर २९२३.४६ को विन्दुमा कायम भएको छ ।

आज नेप्सेमा कारोबार भएको  ३३२ कम्पनीको ५ करोड २७ लाख ६४ हजार ८३२ कित्ता शेयर किनबेच हुँदा २१ अर्ब ५१ करोड ५० लाख १० हजार रुपैयाँको कारोबार भएको छ । यस दिन बजारमा गिरावट आउँदा ८ वटा उपसूचक राताम्मै भएको छ । यस दिन  मातृभुमी लघुवित्त, पिपल्स पावर लिमिटेड, दोल्ती पावर कम्पनी, गुडविल फाइनान्स, न्यादी हाइड्रोपावरको सेयरमा सकरात्मक सर्किट लाएको छ ।

सेयर बजारमा करेक्सन, चार कम्पनीको सेयरमा सकरात्मक सर्किट

सर्वाधिक कारोबार हुने कम्पनी

आज सबैभन्दा बढी नेपाल फाइनान्सको सेयर सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको ८१ करोड ९९ लाख ४० हजार रुपैया बराबरको कारोबार भएको छ । कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको हिमालयन रिइन्स्योरेन्सको ६८ करोड २१ लाख ३ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।

त्यस्तै यस शिभम् सिमेन्टको ४४ करोड ४२ लाख ८८ हजार रुपैयाँ, अपी पावर कम्पनीको ४२ करोड ६९ लाख ६४ हजार रुपैयाँ र अरुण भ्याली हाइड्रोपावरको ४२ करोड १२ हजार रुपैयाँको कारोबार भएको हो ।

मंगलबार, २९ साउन २०८१, १५ : ०८

प्रतिक्रिया