ताजा समाचार

सेयर बजारमा दोहोरो अंकको वृद्धि

बुधबार, ३० साउन २०८१, १५ : २३

काठमाडौं- साताको चौथो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको वृद्धि भएको छ । बढ्ने र घट्ने क्रम चल्दा चल्दै बजार ३४.२९ अंकले बढेर २९५७.७५ को विन्दुमा कायम भएको छ ।

आज नेप्सेमा कारोबार भएको आज ३३२ कम्पनीको ५ करोड १२ लाख ३० हजार ३४० कित्ता शेयर किनबेच हुँदा २३ अर्ब ४३ करोड ५ लाख ८१ हजार रुपैयाँको कारोबार भएको छ । आज बजारमा बढोत्तरी आउँदा दश वटा उपसूचक हरियाली भएको छ ।

उक्त दिन सबैभन्दा बढी हिमालयन रिइन्स्योरेन्सको सेयर सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको ८६ करोड ५८ लाख ५८ हजार रुपैया बराबरको कारोबार भएको छ । कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको शिभम् सिमेन्टको ८४ करोड २९ लाख ७२ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ । त्यस्तै उक्त दिन अपी पावर कम्पनीको ७५ करोड ५९ लाख ४६ हजार रुपैयाँ, नेपाल फाइनान्सको ६१ करोड ६४ लाख ७ हजार रुपैयाँ र सानिमा माई हाइड्रोपावरको ५८ करोड ३२ ला ९२ हजार रुपैयाँको कारोबार भएको हो ।

बुधबार, ३० साउन २०८१, १५ : २३

प्रतिक्रिया