ताजा समाचार

जीवन विकास लघुवित्त वित्तीय संस्थाको संस्थापक शेयर बिक्रीमा

विहीबार, ३१ साउन २०८१, ०८ : २३

काठमाडाैं- जीवन विकास लघुवित्त वित्तीय संस्थाले संस्थापक शेयर बिक्रीमा राखेको छ ।  लघुवित्तले विभिन्न संस्थापक शेयरधनीको स्वामित्वमा रहेको कुल ७ लाख ७ हजार ५०० कित्ता संस्थापक शेयर बिक्रीमा राखेको हो । 

शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीले आजका मितिले ९साउन ३१० ३५ दिनभित्र आवश्यक कागजातसहित के कति कित्ता शेयर खरिद गर्न चाहेको हो सोको संख्यासमेत उल्लेख गरी लघुवित्तको केन्द्रीय कार्याल्य कटारी–२ मोरङमा निवदेन दिनुपर्नेछ । 

साथै, ३५ दिनभित्र खरिद निवेदन प्राप्त नभएको सो शेयर अन्य व्यक्ति वा संस्थालाई बिक्री गरिने प्रक्रिया अघि बढाइने पनि लघुवित्तले जनाएको छ । 
 

विहीबार, ३१ साउन २०८१, ०८ : २३

प्रतिक्रिया