ताजा समाचार

हकप्रद निष्कासन गर्दै मोदी इनर्जी

विहीबार, ३१ साउन २०८१, १२ : २९

काठमाडौँ - मोदी इनर्जी लिमिटेडको साउन ३० गते बसेको संचालक समितिको बैठकले हकप्रद निष्कासन गर्ने निर्णय गरेको छ ।

कम्पनीले १०० प्रतिशत हकप्रद जारी गर्ने छ । उक्त प्रस्ताव विद्युत नियमन आयोगमा स्वीकृतिका लागि पेश हुनेछ । आयोगबाट प्रस्ताव पारित भएपछि थप प्रकृया अघि बढ्ने छ । हाल यसको चुक्ता पुँजी २ अर्ब ९० करोड रहेको छ । १०० प्रतिशत हकप्रद पछि पुँजी ५ अर्ब ८० करोड रुपैयाँ पुग्नेछ ।

विहीबार, ३१ साउन २०८१, १२ : २९

प्रतिक्रिया