ताजा समाचार

सेयर बजारमा ४३.०५ अंक वृद्धि

विहीबार, ३१ साउन २०८१, १५ : २७

काठमाडौं - साताको अन्तिम कारोबार दिन सेयर बजार ४३.०५ अंकले बढेर ३०००.८१ को विन्दुमा कायम भएको छ ।

आज नेप्सेमा कारोबार भएको आज ३३४ कम्पनीको ६ करोड ८९ लाख ८० हजार ३४६ कित्ता शेयर किनबेच हुँदा २९ अर्ब ९५ करोड ८५ लाख १९ हजार रुपैयाँको कारोबार भएको छ । आज बजारमा बढोत्तरी आउँदा आठ वटा उपसूचक हरियाली भएको छ । यस दिन बुटवल पावर कम्पनी, राष्ट्रिय बीमा कम्पनी, मोदी इनर्जीको सेयरमा सकरात्मक सर्किट लाएको छ ।

सेयरमा दोहोरो अंकको वृद्धि, तीन कम्पनीको सेयरमा सकरात्मक सर्किट

सर्वाधिक कारोबार हुने कम्पनी

आज सबैभन्दा बढी हिमालयन रिइन्स्योरेन्सको सेयर सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको ९१ करोड ३३ लाख २२ हजार रुपैया बराबरको कारोबार भएको छ । कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको सानिमा माई हाइड्रोपावरको ८३ करोड २३ लाख ८५ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।

त्यस्तै यस दिन अपी पावर कम्पनीको ६५ करोड ९९ लाख रुपैयाँ, कुमारी बैंकको ६१ करोड ७७ लाख ४६ हजार रुपैयाँ र निफ्राको ६० करोड ३७ ला ६९ हजार रुपैयाँको कारोबार भएको हो ।


 

 

विहीबार, ३१ साउन २०८१, १५ : २७

प्रतिक्रिया