ताजा समाचार

सम्पदा लघुवित्तको शेयर कारोबार आइतबारबाट खुल्ने

विहीबार, ३१ साउन २०८१, १६ : ५४

काठमाडौँ - सम्पदा लघुवित्त वित्तीय संस्थाको शेयर कारोबार आइतबारबाट खुल्ने भएको छ।

साविकको साधना लघुवित्त र सबैको लघुवित्तबीच मर्जरपछि दुवै लघुवित्त शेयर सम्पदा लघुवित्तको नाममा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकरण भएको छ। योसँगै नेप्सेको आजको निर्णयबाट मर्जर प्रयोजनका लागि रोक्का राखिएको शेयर कारोबार फुकुवा पनि गरिएको छ।

भोलि शुक्रबार शेयर कारोबार नहुने भएकोले अब सम्पदा लघुवित्तको नामबाट आइतबार शेयर कारोबार खुल्ने भएको हो। शेयर कारोबारका लागि नेप्से सम्पदा लघुवित्तलाई ‘एसएमपीडीए’ संकेत प्रदान गरेको छ। नेप्सेले सम्पदा लघुवित्तको शेयर कारोबारका लागि प्रतिकित्ता १०५७ रुपैयाँ ओपनिङ रेन्ज तोकेको छ। अब यही मूल्यमा यो लघुवित्तको शेयर कारोबार खुल्नेछ।

विहीबार, ३१ साउन २०८१, १६ : ५४

प्रतिक्रिया