काठमाडौँ - सम्पदा लघुवित्त वित्तीय संस्थाको सेयर नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) मा सूचिकृत भएको छ ।
साविकको साधना लघुवित्त र सबैको लघुवित्त एक आपसमा गाभ्ने रगाभिने गर्दा १ः१ को अनुपातमा कायम हुन आएको प्रति सेयर अंकित तथा चुक्ता मूल्य १०० रुपैंयाका दरको ७० लाख ८ हजार ५८३.४५ कित्ता शेयर सूचिकृत भएको हो ।
धितोपत्र सूचिकरण विनियमावली २०७५ बमोजिम नेप्सेमा कारोबार हुने गरी संलग्न सम्झौता, शर्तहरु पालना गर्नेगरी साउन ३१ गतेको निर्णायनुसार कम्पनीको रोक्का रहेको सेयर कारोबार फुकुवा गरिएको नेप्सेले जानकारी दिएको छ ।
साथै, सम्पदा लघुवित्तको स्टक सिम्बोल ‘एसएमपिएडिए’ रहने र नेप्सेले पहिलो कारोबारका लागि ओपनिङ रेञ्ज १ हजार ५७ रुपैंया तोकेको छ ।
प्रतिक्रिया