ताजा समाचार

आउँदो साता तीन दिन मात्र शेयर कारोबार हुने

विहीबार, ३१ साउन २०८१, २० : १८

काठमाडाैं- आउँदो साता तीन दिन मात्र शेयर कारोबार हुने भएको छ । सरकारले सोमबार रक्षाबन्धनमा सार्वजनिक विदा दिने भएको छ । यसकासाथै, मंगलबार गाइजात्राको अवसरमा काठमाडौं उपत्यकामा विदा दिने गृहमन्त्रालयले जनाएको छ ।

यससँगै शेयर बजार आगामी साता तीन दिन मात्र खुल्ने भएको हो । आइतबार, बुधबार र बिहीबार मात्र शेयर कारोबार हुनेछ ।

विहीबार, ३१ साउन २०८१, २० : १८

प्रतिक्रिया