काठमाडौं- लक्ष्मी सनराइज बैंकले भदौ महिनाका लागि ब्याजदर सार्वजनिक गरेको छ ।
सार्वजनिक ब्याजदर हेर्दा मुद्दती निक्षेपमा तीन महिनादेखि ब्याजदर स्थिर देखिएको छ । बैंकले भदौमा मुद्दती निक्षेपमा संस्थागततर्फ ५.५० प्रतिशत र व्यक्तिगततर्फ ६.५० प्रतिशत ब्याजदर तोकेको छ । बैंकले रेमिट्यान्स खातामा भने ७.५० प्रतिशत ब्याज दिनेछ । यसअघि असार र साउनमा पनि सोही ब्याजदर तोकिएको थियो । जेठमा भने बैंकले संस्थागततर्फ ६ प्रतिशत र व्यक्तिगततर्फ ७ प्रतिशत ब्याज दिएको थियो ।
त्यस्तै साधारण बचत खातामा न्यूनतम ३ प्रतिशतदेखि ५ प्रतिशत ब्याजदर तोकेको छ दिनेछ । यसअघि बैंकले साउनमा साधारण बचतमा ३.०५ प्रतिशतदेखि ५.०५ प्रतिशत ब्याजदर दिएको थियो । बैंकको आधार ८.७० प्रतिशत छ भने स्प्रेडदर ४ प्रतिशत छ । यसअघि साउनमा ८.९० प्रतिशत आधारदर थियो ।
प्रतिक्रिया