काठमाडौँ - एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक समूहको ५,३०,००० कित्ता सेयर सोही समूहमा नै रहने गरी लिलाम बढाबढ प्रक्रियाद्वारा बिक्रीमा राखेको छ ।
उक्त सेयर संस्थापक सेयरधनीले मात्रै खरिद गर्न पाउनेछन् । इच्छुक लगानीकर्ताले आज साउन ३२ गतेदेखि भदौ ११ गतेसम्म बिक्री प्रबन्धक एनआइएमबि एस क्यापिटल लिमिटेड, लाजिम्पाट, काठमाडौंमा आइपुग्ने गरी आवेदन दिन सक्ने छन् । सेयर प्रतिकित्ता न्यूनतम मूल्य २७५ रुपैयाँ तोकिएको छ ।
आवेदकले फाराम खरीद गर्दा एनआइएमबि एस क्यापिटल लिमिटेडबाट छाप लगाएको आवेदन फाराम खरीद गरी लिनुपर्नेछ । छाप नलगाएको वा फोटोकपी गरी पेश गरिएको आवेदन फारामलाई अयोग्य ठहराई बाँडफाँडमा समावेश गरिनेछैन ।
प्रतिक्रिया