काठमाडाैं- शेयर बजारलाई लगानी प्रकृतिका हिसाबले दुई वर्गमा विभाजन गर्न सकिन्छ । प्राथमिक बजारमा कम्पनी, संगठित संस्था वा सरकारले धितोपत्र -शेयर, बन्ड तथा ऋणपत्र जारी गरेर (बिक्री गरी) सर्वसाधारणबाट आवश्यक पूँजी संकलन गर्छन् । यस्तो निष्काशनमा सर्वसाधारणले कम्पनीको चुक्ता मूल्य वा त्यसमा केही प्रिमियम थप गरी लगानी गर्ने वा त्यस्तो निष्काशनमा आवेदन दिई सहभागी हुने गर्दछन् ।
यसैगरी दोस्रो बजारमा प्राथमिक बजारमा निष्काशन भएको धितोपत्रहरूलाई सूचीकृत गराई पुनः कारोबार गर्ने व्यवस्था मिलाइएको हुन्छ । विशेषगरी दोस्रो बजारमा प्राथमिक बजारमा सहभागी भएका तथा हुन नपाएकाहरूले सूचीकृत धितोपत्रको खरिद वा बिक्री कार्यमा संलग्न हुने गर्दछन् ।
दोस्रो बजारमा कारोबार गर्न चाहाने धेरै हुदा पनि ब्रोकर खाता खोल्न नजानेर कतिपयले त निशुल्क बन्ने ब्रोकर खाता पनि पैसा तिरेर बनाउदै आएका छन् । आफ्नो खाता अरुलाई बनाउन दिदा आफ्नो सम्पूर्ण विवरण उक्त व्यक्ति संग हुने हुदा यो सुरक्षित हुदैन।
दोस्रो बजार
दोस्रो बजारमा प्राथमिक बजारमा निष्काशन भएको धितोपत्रहरूलाई सूचीकृत गराई पुनः कारोबार गर्ने व्यवस्था मिलाइएको हुन्छ । विशेषगरी दोस्रो बजारमा प्राथमिक बजारमा सहभागी भएका तथा हुन नपाएकाहरू लगानीकर्ताहरूले सूचीकृत धितोपत्रको खरिद वा बिक्री कार्यमा संलग्न हुने गर्दछन् ।
यसमा प्राथमिक बजारबाट शेयर प्राप्त गरेका लगानीकर्ताहरूले आफ्नो मूल्य पाएको ठानेमा वा आफ्नो लगानी आवश्यकता पूरा भएको देखेमा बिक्री गर्न खोज्दछन् भने प्राथमिक बजारमा विभिन्न कारणबाट सहभागी हुन नसकेको लगानीकर्ताहरूले दोस्रो बजारमा कम्पनी सूचीकृत भइसकेपछि बिक्रेताबाट शेयर खरिद गरी शेयरधनी बन्ने मौका खोजिरहेका हुन्छन् । यस सन्दर्भमा दोस्रो बजारले खरिद गर्न चाहने तथा बिक्री गर्न चाहने लगानीकर्तालाई खरिद–बिक्रीका लागि आवश्यक तरलता प्रदान गर्दछ ।
लगानीकर्ताहरूले गर्ने धितोपत्रको आपूर्ति र मागले निर्धारण गरेको मूल्यको आधारमा दोस्रो बजारमा कारोबार हुन्छ । धितोपत्रको माग बढी भएमा मूल्य बढ्छ र कम भए घट्छ । यो गतिशील मूल्य निर्धारण संयन्त्रले धितोपत्रहरूको प्रभावकारी रूपमा मूल्य निर्धारण गर्न र लगानीकर्ताहरूले उचित मूल्य प्राप्त गर्ने सुनिश्चितता प्रदान गर्दछ ।
दोस्रो बजारको मुख्य फाइदाहरूमध्ये एक तरलता हो । यसले लगानीकर्ताहरूलाई धितोपत्रहरू सजिलै र छिटो किन्न र बेच्न सक्ने सुविधा दिन्छ ।
दोस्रो बजारमा लगानी गर्दा जोखिम पनि हुन्छ । धितोपत्रहरूको मूल्य अस्थिर हुन्छ । लगानीकर्ताले सधैं आफूले चाहेकै मूल्यमा धितोपत्र बिक्री गर्न सक्छन् भन्ने हुँदैन । दोस्रो बजारमा सिपालु खेलाडीले सिकारु र नवप्रवेशी लगानीकर्तालाई झुक्यानमा पार्ने जोखिम पनि हुन्छ । दोस्रो बजारको कारोबार भनेको एक किसिमको प्रतिस्पर्धा हो । यसमा एउटा लगानीकर्ताले सिंगो बजारसँग प्रतिस्पर्धा गर्नुपर्छ । त्यसैले बजारसँग तालमेल मिलाउनका लागि आधारभूत सीप आवश्यक हुन्छ ।
दोस्रो बजारका कार्यहरू
दोस्रो बजारले मूलतः एक प्लेटफर्मको रूपमा काम गर्छ । यसले सर्वसाधारणलाई कम्पनीका शेयरहरूमा लगानी गर्ने अवसर दिन्छ । दोस्रो बजारले सक्रिय, निरन्तर कारोबारलाई सहज बनाउने सहजकर्ताको रूपमा कार्य गर्छ । यसले वित्तीय सम्पत्तिलाई तरल बनाउन र तिनको मूल्यांकनलाई निरन्तर परिमार्जन गर्ने अवसर दिन्छ ।
यसबाट लगानीकर्ताले आफ्नो स्वामित्वमा रहेको धितोपत्र विना झन्झट, छिटो र न्यूनतम शुल्कमा बिक्री गरेर नगद प्राप्त गर्छन् । माग र आपूर्तिको आधारमा धितोपत्रको मूल्य निर्धारण हुने भएकाले यहाँ कायम हुने मूल्य सर्वस्वीकार्य हुन्छ । यसबाटै राष्ट्रको अर्थतन्त्रको अवस्था पनि अनुमान गर्न सकिन्छ ।
दोस्रो बजारमा लगानी गर्ने प्रक्रियाः
१.बैंक खाता खोल्ने
२.डिम्याट खाता खोल्ने
३. ट्रेडिङ खाता खोल्ने
के हो सेकेण्डरी मार्केटरु ?
कुनै पनि पब्लिक कम्पनीले पुँजी संकलनका लागि प्राथमिक बजारमा आईपीओ जारी गरेको १० देखि २० दिनभित्रमा लगानीकर्ताहरुलाई सेयर बाँडफाँड गर्ने गर्दछ। सेयर बाँडफाँड गरेको चार९पाँच दिनमा प्राथमिक बजारमा जारी गरेको सेयरलाई नेप्सेमा सूचीकृत गरिन्छ। प्राथमिक सेयरलाई नेप्सेमा सूचीकृत गरेपछि सेयर खरिद९बिक्री गर्ने स्थानलाई सेकेण्डरी मार्केट (दोस्रो बजार) भनिन्छ।
कसरी खोल्ने ब्रोकर
टीएमएस खोल्न सबैभन्दा पहिला चारवटा कागजपत्र तपाइँलाई आवश्यक हुन्छ । जुन तपाइँले पहिले तयार गरिराख्नुपर्छ। केवाईसी फाराम, नागरिकताको प्रतिलिपि, डीपी आईडी अनि तपाइँको तस्बिर। केवाईसी फाराम भने अनलाइनबाट पनि अपलोड गर्न सकिन्छ अथवा ब्रोकरलाई सीधै बुझाउन पनि सकिन्छ।
प्रतिक्रिया