सेयर बजार

१२.२६ अंकले घट्यो नेप्से, ४ अर्ब ४१ करोडको कारोबार

सोमबार, ०१ असार २०८३, १५ : २५

काठमाडौं- आज(सोमबार) सेयर बजार परिसूचक घटेर कारोबार भएको छ । आज नेप्से परिसूचक १२.२६ अंकले घटेको हो । 

आजको कारोबार बन्द हुँदा नेप्से परिसूचक २७११.७६ विन्दुमा पुगेको छ । आज कारोबार भएका कम्पनीमध्ये ७३ वटाको मूल्य बढेको छ भने १८८ वटा कम्पनीको मूल्य घटेको छ । बाँकी १२ कम्पनीको मूल्य भने स्थिर रहेको छ ।

आज बजारमा कूल ३५० कम्पनीका १ करोड ७ लाख ३९ हजार ९९८ कित्ता सेयर खरिदबिक्री भएका छन् । आज कूल ४ अर्ब ४१ करोड २० लाख ४८ हजार ६०९ रुपैयाँ बराबरको कारोबार भएको छ ।

आजको बजारमा सोपान फर्मास्युटिकल्स र अपोलफ हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । यी दुवै कम्पनीको सेयर मूल्यमा १४.९९ प्रतिशतको उछाल आएको छ ।

कारोबार रकमका आधारमा आज आँखुखोला जलविद्युत कम्पनी अग्रस्थानमा रह्यो । यस कम्पनीको ३८ करोड ८५ लाख ६ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

दोस्रो स्थानमा नेपाल बैंक डिबेन्चर २०८५ को २७ करोड ४ लाख रुपैयाँको कारोबार भएको छ भने लक्ष्मी सनराइज बैंक २२ करोड ८८ लाखको कारोबारसहित तेस्रो स्थानमा छ ।

समूहगत रूपमा आज सबै समूहका सूचक घटेका छन् । आज फाइनान्स, अन्य र ट्रेडिङ क्षेत्र एक प्रतिशत भन्दा धेरैले घटेको छ ।
 

सोमबार, ०१ असार २०८३, १५ : २५

प्रतिक्रिया