सेयर बजार

साताको अन्तिम दिन ४ अंकले घट्यो नेप्से, ४ अर्बमाथिको कारोबार

शुक्रबार, २९ जेठ २०८३, १५ : ४६

काठमाडौं– साताको सेयर कारोबार हुने अन्तिम दिन सेयर बजार घटेर कारोबार भएको छ । अघिल्लो दिन पनि घटेर कारोबार भएको बजार आज ४ अंकले घटेर २७२४.०३ विन्दुमा पुगेको हो । 

आज सेयर बजारमा १६७ कम्पनीको सेयर मूल्य घटेको छ भने ९२ कम्पनीको सेयर मूल्य बढेको छ । आज १२ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । त्यस्तै आज सेन्सेटि भइन्डेक्स पनि ०.५३ अंकले घटेर ४६७.०९ विन्दुमा पुगेको छ । आज सेयर बजारमा १३ उपसूचकमध्ये ९ वटाको सेयर मूल्य घटेको छ भने ४ वटाको बढेको छ । 

परिसूचक घटेको दिन बजारमा ४ अर्ब माथिको कारोबार भएको छ । आज ३४२ कम्पनीका ९८ लाख ५६ हजार ५२५ कित्ता सेयर ५४ हजार १७७ पटक खरिद बिक्री हुँदा ४ अर्ब ३४ करोड १० लाख ९४ हजार ७६४ रुपैयाँको कारोबार भएको छ । आज सेयर बजारमा दुई कम्पनीमा सकारात्मक सर्किट लागेर कारोबार भएको छ ।

शुक्रबार, २९ जेठ २०८३, १५ : ४६

प्रतिक्रिया