ताजा समाचार

नबिल बैंकको सेयर कारोबार भदौ ७ गते बन्द हुने

आइतबार, ०२ भदौ २०८१, १२ : ०९

काठमाडौँ - नबिल बैंकको सेयर कारोबार भदौ ७ गते बन्द हुने भएको छ । 

साउन २७ गते बसेको बैंक सञ्चालक समितिको निर्णयानुसार २०८१ साल भाद्र १७ गते सोमबार विशेष साधारणसभा बस्ने भएपछि सो प्रयोजनका लागि बैंकले ७ गते एक दिन शेयरधनी दर्ता किताब बन्द गर्ने भएको हो । 

बैंकले प्राथमिक पुँजी वृद्धिका लागि सेयर जारी गर्ने सन्दर्भमा बैंकले उक्त दिनका लागि विशेष साधारणसभा डाकेको हो । सञ्चालक समितिको बैठकले ८ प्रतिशत प्राथमिक पुँजी वृद्धिको प्रस्ताव गरेको छ । 
 
 

आइतबार, ०२ भदौ २०८१, १२ : ०९

प्रतिक्रिया