काठमाडौँ - हिम पर्वत हाइड्रोपावर लिमिटेडले भदौ २३ गते वार्षिक साधारण सभा बोलाएको छ ।
कम्पनीको साउन ३० गते बसेको सञ्चालक समितिको बैठकले सभा बस्ने निर्णय गरेको हो । सभा कम्पनीको रजिष्टर्ड कार्यालय, त्रिपुरेश्वर काठमाडौंमा बिहान ११ बजेबाट सुरु हुनेछ । सभामा कम्पनीले ओइपीओ जारी गर्ने प्रस्ताव पेश गर्नेछ ।
साथै, सभामा आर्थिक वर्ष २०८०\८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने प्रस्ताव हुनेछ । त्यस्तै, आर्थिक वर्ष २०८१\८२ का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि छ ।
प्रतिक्रिया