ताजा समाचार

अध्यक्ष रिक्त अबस्थामा २९ अर्ब १२ करोडको धितोपत्र निष्कासन, कसरी संम्भव?

मंगलबार, ०४ भदौ २०८१, ०७ : १०

काठमाडाैं- नेपाल धितोपत्र बोर्डले असार मसान्तसम्ममा २९ अर्ब १२ करोड बराबरको  सार्वजनिक निष्कासनका लागि अनुमति दिएको छ । ८ महिनादेखि बोर्ड अध्यक्ष रिक्त रहेको अबस्थामा ५३ भन्दा बढी कम्पनी निष्कासन अनुमतिको पर्खाइमा छन् । 

नेपाल राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा बोर्डले १० अर्ब ७५ करोड बराबरको साधारण शेयर, ७ अर्ब ६५ करोड बराबरको हकप्रद शेयर, ६ अर्ब २ करोड बराबरको डिबेन्चर र ४ अर्ब ७० करोड बराबरको म्युचुअल फण्ड गरी कुल २९ अर्ब १२ करोड बराबरको धितोपत्र सार्वजनिक निष्कासनका लागि अनुमति दिएको छ ।

त्यस्तै, सूचीकृत कम्पनीहरूको संख्या २७० पुगेको छ । सूचीकृत कम्पनीहरुमध्ये १३२ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन् भने ९१ जलविद्युत् कम्पनी, २२ उत्पादन तथा प्रशोधन उद्योग, ७ होटल, ७ लगानी कम्पनी, ४ व्यापारिक संस्था र ७ अन्य समूहका रहेका छन् । २०८० असारमा सूचीकृत कम्पनीहरूको संख्या २५४ रहेको थियो ।

 जलविद्युत् कम्पनीको हिस्सा १५.१ प्रतिशत, वित्तिय संस्थापछिकाे दाेस्राे हिस्सा

सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पूँजीकरणको हिस्सा ५८।६ प्रतिशत रहेको छ । त्यसैगरी, जलविद्युत् कम्पनीको हिस्सा १५.१ प्रतिशत, लगानी कम्पनीको हिस्सा ७.३ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ६।४ प्रतिशत, होटेलको हिस्सा २.८ प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ०.५ प्रतिशत तथा अन्य समूहका कम्पनीहरुको हिस्सा ९.२ प्रतिशत रहेको छ ।

नेपाल स्टक एक्सचेन्जमा २०८१ असार मसान्तमा सूचीकृत ८ अर्ब ३२ करोड शेयरको चुक्ता मूल्य ८ खर्ब २५ अर्ब ५ करोड रहेको छ ।

आर्थिक वर्ष २०८०/0८१ मा ८६ अर्ब ८१ करोड बराबरको साधारण शेयर, २१ अर्ब ९८ करोड बराबरको हकप्रद शेयर, २१ अर्ब ६५ करोड बराबरको बोनस शेयर र ३ करोड बराबरको एफपीओ गरी कुल १३० अर्ब ४७ करोड बराबरको थप धितोपत्र सूचीकृत भएका छन् ।  त्यस्तै लगानीकर्ताको सम्पती यो बीचमा ३ १७ खर्ब रुपैयाले बढेको छ ।

मंगलबार, ०४ भदौ २०८१, ०७ : १०

प्रतिक्रिया