सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–३को ७ प्रतिशत लाभांश घोषणा

बुधबार, ०५ भदौ २०८१, १० : २७

काठमाडौं- सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–३ को लाभांश घोषणा भएको छ । 

सिद्धार्थ म्युचुअल फण्डअन्तर्गत सिद्धार्थ क्यापिटल लिमिटेको योजना व्यवस्थापनमा सञ्चालित सो योजनाको लाभांश घोषणा भएको छ ।

क्यापिटलको भदौ २ गते बसेको सञ्चालक समिति बैठकले स्किम–३ का लागि करसहित ७ प्रतिशत लाभांश घोषणा गरेको हो । लाभांश वितरणार्थ बुक क्लोजको मिति भने सार्वजनिक भइसकेको छैन ।

बुधबार, ०५ भदौ २०८१, १० : २७

प्रतिक्रिया